Bishwo Ghatana
Word News
१७ मंसिर २०७८, शुक्रबार

नेपालमा संक्रमणदर तीव्र , सचेत र अनुशासित हुन आग्रह

0

पछिल्लो साता नेपालमा संक्रमणदर तीव्र भएको छ । बुधबार मात्रै ८ हजार ६ सय ५९ नयाँ संक्रमित थपिएका छन् भने ५८ जना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले पूर्वी एसिया र दक्षिण एसियाली देशहरूमा लाओसपछि नेपाल उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।

एक महिना अवधिको संक्रमणदर हेर्ने हो भने छिमेकी भारतमा भन्दा नेपालमा धेरै जोखिम रहेको देखिन्छ । भारतमा एक महिनाको अवधिमा ५१६ प्रतिशतले संक्रमित बढेका छन् भने नेपालमा १,६४५ प्रतिशतको वृद्धि छ । महामारीको दोस्रो लहरबाट बच्न अहिले निषेधाज्ञा लागू गरिएको छ ।

मानिसहरूलाई हिंडडूलमा प्रतिबन्ध लगाएकाले यसबाट संक्रमणको साङ्लो (चेक ब्रेक) गर्न सकिने भएकाले निषेधाज्ञालाई विकल्पको रूपमा प्रयोग गरिएको हो । नेपालले फागुन २३ देखि देशभर खोप अभियान शुरु गरेको भएपनि खोपको अभावमा त्यसलाई निरन्तरता दिन कठिन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन् ।

‘हामीले सकेसम्म छिटो खोप ल्याएर यसलाई निरन्तरता दिन पहल गरिरहेका छौं,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हामी सधैं सचेत हुनैपर्छ ।’ उनले संक्रमणदर तीव्र रहेकाले सचेत रहन र निषेधाज्ञापछि पनि भौतिक दूरी, मास्कको प्रयोग, हातको सरसफाइ लगायत सबैखाले स्वास्थ्य सुरक्षाका मापदण्ड कठोरताका साथ पालना गर्नुपर्ने भन्दै ‘हामी सबै सचेत र अनुशासित भए’ मात्र संक्रमणको जोखिम घटाउन सकिने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै केही साता संक्रमण तीव्र हुनेछ । मन्त्रालयले असारसम्म दैनिक ११,००० को संख्यामा नयाँ संक्रमित आउनसक्ने र त्यसपछि नयाँ संक्रमणको दर क्रमशः ओरालो लाग्ने (कर्भ हुने) प्रक्षेपण गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.