Bishwo Ghatana
Word News
१३ श्रावण २०७८, बुधबार

नयाँ प्रकारको बर्ड फ्लु पहिलोपटक मानिसमा देखियो

0

बर्ड फ्लुको नयाँ प्रकार H10N3 पहिलोपटक मानिसमा देखिएको छ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको जेंग्सु प्रान्तका एक ४१ वर्षका व्यक्ति बर्ड फ्लुको नयाँ प्रकारबाट संक्रमित बनेका हुन्।आयोगले मंगलबार यो विषयमा जानकारी दिँदै नयाँ प्रकारको बर्ड फ्लु H10N3 खतरनाक भने नभएको जानकारी दिएको छ।

रोयटर्सका अनुसार जेनजियाङका उनी गत अप्रिल २८ मा अस्पताल भर्ना भएका थिए। उनमा ज्वरो लगायत अन्य लक्षणहरु

थिए।परिक्षणका क्रममा मे २८ मा उनमा बर्ड फ्लुको नयाँ रुप देखिएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य भएको र उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको बताइएको छ।

चीन कोरोना भाइरस पहिलोपटक देखिएको राष्ट्र हो। त्यसको प्रभाव एकवर्ष भइसक्दा पनि कम हुन सकेका छैनन्।कोरोनाविरुद्धका खोपहरु बनेका छन्। त्यो लगाउँदा समेत कोरोनाको नयाँ रुपले यतिबेला विश्वलाई आक्रान्त बनाएको छ।यसबीचमा बर्ड फ्लुको समेत नयाँ प्रकारहरु देखिएको चिनियाँ विज्ञहरुको भनाइ छ।

 

Leave A Reply

Your email address will not be published.