Bishwo Ghatana
Word News
९ आश्विन २०७८, शनिबार

कम्बोडियालाई चीनकाे १५ करोड डलर बराबरको उपहार

0

कम्बोडियाले चीनबाट १५ करोड डलर बराबरको नयाँ स्टेडियम उपहारमा प्राप्त गरेको छ । विश्वव्यापी प्रभाव स्थापित गर्ने प्रयास अन्र्तगत चिनियाँ विदेश मन्त्री वाङ यीले आइतबार ‘मोरोदोक टेक्नो नेस्नल स्टेडियम’ कम्बोडियाका प्रधानमन्त्री हन सेनलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । चीन सरकारले यसलाई २०१३ देखि निर्माण गरिरहेको थियो र सम्पूर्ण खर्च व्यहोरेको हो ।

हस्तान्तरण समारोहमा बोल्दै वाङले कम्बोडियाको नजिकी मित्र भएकाले नै चीनले यस परियोजनामा लगानी गरेको बताए । राजधानी नजिकै अवस्थित सो स्टेडियमलाई कम्बोडियाले आगामी २०२३ को दक्षिण एसियाली खेलकुदको आयोजनामा प्रयोग गर्ने बताएको छ ।

सो स्टेडियम पानी जहाज जस्तै आकृतिमा डिजाइन गरिएको छ । सयौँ वर्ष अगाडि चिनियाँहरुले कम्बोडियासम्म पानी जहाजमार्फत यात्रा गर्ने गरेकाले यसले चीन र कम्बोडिया बीचको सम्बन्धलाई दर्शाउने पर्यटन मन्त्री थङ खनले बताए । यस पाँच तले स्टेडियमको वरपर ठुल्ठुला कृत्रिम झरना पनि निर्माण गरिएको छ । यसमा ६० हजार सम्म दर्शक अटाउन सक्ने बताइएको छ ।

यसमा अन्तर्राष्ट्रिय स्तरको फुटबल, ओलम्पिकलाई हुने स्वीमिङ पुल, दौडने ट्रयाक पनि रहेको बताइएको छ । त्यस्तै ट्रेनिङ हल, इन्डोर जिम र एक्वेटिक सेन्टर पनि छ जहाँ क्रिकेट, बास्केटबल र ब्याडमिन्टन लगायतका खेलहरु आयोजना गर्न सकिने कम्बोडियाको दक्षिण एसियाली खेलकुद आयोजना समितिले जनाएको छ ।

यसलाई ३४० चिनियाँ इन्जिनियर र २४० कम्बोडियन कामदारहरुले मिलेर निर्माण गरेका हुन् । चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्र्तगत केही वर्ष यता धेरै मुलुकहरुमा संरचनाहरु निर्माण गरिदिएको छ । यसले विभिन्न मुलुकहरुलाई विमानस्थलदेखि, सडक, शिपिङ लेन लगायत धेरै संरचनाहरु बनाइदिएको छ तर स्टेडियमलाई चीनले केन्द्रमा राखिरहेको छ ।

यसअघिको एक रिपोर्टमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकन मुलुकहरुका सयौँ स्टेडियम चीनले निर्माण तथा डिजाइन गरिदिएको पाइएको थियो । कतिपय खोजकर्ताहरुले यसलाई ‘स्टेडियम रणनीति’ को नाम पनि दिएका छन् ।

कम्बोडियामा पनि चीनले आर्थिक सहयोग, ऋण र लगानी अन्र्तगत अरबौँ डलर खर्च गरिसकेको छ र लामो समयदेखि दुवै देशबीच नजिकी मित्रता कायम छ ।

गत जुनमा कम्बोडियाले अमेरिकाले निर्माण गरिदिएका दुईवटा संरचना भत्काएको थियो जसपछि चीनले त्यहाँ आफ्नो सैन्य बेस स्थापना गर्ने सम्बन्धी व्यापक चिन्ता जनाइएको थियो

Leave A Reply

Your email address will not be published.