Bishwo Ghatana
Word News
६ कार्तिक २०७८, शनिबार

चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको

0

चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ। वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो।

त्यसको तुलना अमेरिकी एपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए।
त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ।
चीनको रोबटिक मिशनले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट नमुना सङ्कलन गरेको थियो।

उक्त स्थान यसअघिका नमुनासँगको तुलना गरेर चन्द्रमा बारेको ज्ञान बढाउनका लागि निकै सजगतापूर्वक चयन गरिएको थियो। चन्द्रमाबाट अन्तिम पटक सन् १९७६ को सोभियत अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ।

Leave A Reply

Your email address will not be published.