Bishwo Ghatana
Word News
१७ मंसिर २०७८, शुक्रबार

काठमाडौंको तापक्रम हिजोभन्दा आज १ डिग्री कम

0

काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ।

तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् श्रेष्ठका अनुसार बादल लागे पनि आज-भोलिमा ठूलो वर्षा हुने सम्भावना छैन। ‘शुक्रबार प्रदेश १ र २ का केही स्थानमा हल्का वर्षा हुने देखिन्छ। शनिबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘कुनै मौसमी प्रणाली नभएकाले ठूलो वर्षा हुने सम्भावना छैन।’

Leave A Reply

Your email address will not be published.