Bishwo Ghatana
Word News
१७ मंसिर २०७८, शुक्रबार

शरीर विज्ञान सिकाउने रोचक शिक्षण विधि !

0

स्पेनकी शिक्षक भेरोनिका दुक्वीको शिक्षण शैली विश्वप्रसिद्ध भएको छ । भालादोलिद शहरमा रहेको मारिया तेरेसा इनिगो दे तोरो स्कुलकी शिक्षक दुक्वीले चार कक्षाका विद्यार्थीलाई शरीर रचना विज्ञान (एनाटोमी) पढाउँछिन । दुक्वी विद्यार्थीलाई आन्तरिक अंगहरूको अवस्थिति देखाउन र बुझाउन बडी सुटको सहारा लिन्छिन ।

उनी शरीरका आन्तरिक अंग देखाउन आफू ती अंग प्रिन्ट भएको लुगा लगाउँछिन्। यसो हेर्दा उनका फोक्सो, आन्द्रा, भुँडी, मुटुलगायत अंग छ्याङ्ङै देखिन्छन । जसबाट विद्यार्थीहरु शरीरका विभिन्न अंगहरुबारे कुनैपनि जानकारी सजिलै लिन सक्छन ।

चार कक्षाका विद्यार्थीलाई मानव शरीरका आन्तरिक अंगबारे सिकाउने उनको यो शैली रोचक छ । दुक्वीले शिक्षणमा सिर्जनशील तरिका अपनाएको यो पहिलो चोटि होइन। विगत १५ वर्षदेखि यस पेशामा आबद्ध उनी अप्ठ्यारा र जटिल विषय विद्यार्थीलाई बुझाउन विभिन्न शैली प्रयोग गरिरहेकी हुन्छिन्। व्याकरण पढाउन उनी ‘कार्डबोर्ड क्राउन्स’को सहयोग लिइरहेकी हुन्छिन् भने इतिहास पढाउन कहिलेकाहीँ आफैँ ऐतिहासिक पात्रको भेषमा उपस्थित हुन्छिन्।

Leave A Reply

Your email address will not be published.