Bishwo Ghatana
Word News
१३ श्रावण २०७८, बुधबार

रामचन्द्र पौडेल : झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदांगो पार्‍यो

0

नेकपा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । पौडेलले विज्ञप्ती जारी गर्दै संविधानले व्यवस्था गरेको  नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका हुन् ।

‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन् । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म र मेरो पार्टी नेपाली कांग्रेस घोर भत्सर्ना गर्दछ । साथै झाँक्रीलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’

 

Leave A Reply

Your email address will not be published.