Bishwo Ghatana
Word News
१३ श्रावण २०७८, बुधबार

इन्स्टाग्राममा मेसेज मार्फत् दुर्व्यवहार गरे अकाउन्ट प्रतिबन्ध हुने

0

सामाजिक सञ्जाल इन्स्टाग्राममा मेसेजमार्फत् कसैलाई दुर्व्यवहार गरेमा अकाउन्ट प्रतिबन्ध हुने भएको छ।

इन्ग्याजेटका अनुसार कोही पनि प्रयोगकर्तालाई इन्स्टाग्रामको डाइरेट मेसेजमा असभ्य कुरा पठाउने वा धम्की दिने व्यक्तिको अकाउन्ट स्थायी रुपमा नै प्रतिबन्ध गरिनेछ।

बेलायतका केही फुटबल खेलाडीहरुलाई इन्स्टाग्राममा जातीय कुरा लिएर नराम्रा मेसेजले  आक्रमण गरेको उजुरी पाएपछि एपले यो नियम ल्याएको हो।

हालै सार्वजनिक गरेको आफ्नो ब्लग पोस्टमा पनि इन्स्टाग्रामले बेलायती फुटबल खेलाडीहरुलाई लक्षित जातीय आक्रमणको कुरा स्वीकार गरेको छ।

केही समय अघि इन्स्टाग्रामले कमेन्टमा कसैले नराम्रा कुरा लेखे वा दुव्र्यवहार गरे सो व्यक्तिको कमेन्ट पनि हटाउने र अकाउन्ट पनि प्रतिबन्ध गर्ने फिचर ल्याएको थियो।

तर, त्यो फिचर डाइरेट मेसेजमा भने काम नलाग्ने इन्स्टाग्रामले बताएको छ।

अहिले ल्याएको नयाँ फिचरबाट भने प्रयोगकर्ताले मेसेजबाट दुर्व्यवहार गरिएका अकाउन्ट रिर्पोट गर्न सक्छन् र ती अकाउन्ट प्रतिबन्ध हुने एपको भनाइ छ।

यसअघि कसैको अकाउन्ट रिर्पोट गर्दा ती अकाउन्टले फेरी मेसेज पठाउन सक्दैन थिए। अब भने बारम्बार एपको नियम उल्ङ्घन गरेमा अकाउन्ट सिधैँ बन्द हुने इन्ग्याजेटले बताएको छ।

यसको साथै प्रयोगकर्ताले आफूले फलो नगरेको अकाउन्टले मेसेज गर्न सक्ने वा नसक्ने कुरा पनि नियन्त्रण गर्न सक्ने फिचर ल्याउने इन्स्टाग्रामले उल्लेख गरेको छ।

 

Leave A Reply

Your email address will not be published.