Bishwo Ghatana
Word News
१७ मंसिर २०७८, शुक्रबार

‘यी हुन भागरथीका हत्यारा’

0

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न व्यक्ती नातामा उनकै भाइ पर्ने दिनेश भट्ट भएको प्रहरीले जनाएको छ ।

दिनेशलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । प्रहरीले आज उनलाई सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रहरीसंगको प्रारम्भिक वयानमा दिनेश भट्टले अपराध स्विकारिसकेको बताइन्छ ।

गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो ।

मृत भेटिएकी भागरथीको शरीरभरि निलडाम र घाउ थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो ।

निर्मला बलात्कार प्रकरण नसुल्झिरहेको अवस्थामा प्रहरीमाथि भागरथी हत्या प्रकरणले निकै दवाव पारेको थियो ।

घटनाको संवेदनशीलताको ख्याल गर्दै कुनै किसिमको त्रुटी हुन नदिन अनुसन्धानमा प्रारम्भदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालित थियो ।

यसका साथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनुसन्धानमा खटिएका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.